मकवानपुर / मकवानपुर प्रहरीले १२० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
गएराति २ः ४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ रिलायन्स बोडिङ् स्कुल अगाडि प्रदेश ३–०१–०२२ च ७२३७ नम्वरको बोलेको चेकजाँच गर्दा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरिक्षक कृष्णप्रसाद विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीसवार मोवाईल गाडीलाई देख्नसाथ उक्त बोलेरो पिकअप गाडी रोकेर गाडिका चालक फरार भएको र गाडी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको १२० किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाडी नियन्त्रणमा लिइएको र फरार चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
१२० किलो गाँजा बरामद, गाडी चालक फरार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
