December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा १०० थप संक्रमित, एकैदिन पाँचको मृत्यु

July 8, 2021

चितवन / चितवनमा १०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार १०० जनामा कोरोना पुष्टि भएको हो ।
जसमा भरतपुर महानगरपालिकामा ७१ जना, खैरहनीमा ४ जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ११ जना, राप्ती नगरपालिकामा ४ जना, कालिकामा ३ जना र इच्छाकामनामा १ जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३१७ जना रहेका छन् ।
चितवनका विभिन्न अस्पतालहरुमा २१३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ६९ जना, भेन्टिलेटरमा ११ जना, एचडीयूमा ४० जना र जेनरल बेडमा १०४ जना रहेका छन् ।
त्यस्तैगरी चितवनका विभिन्न अस्पतालमा आज एकैदिन कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये तीन जना चितवन जिल्लाका र अन्य दुई जना चितवन बाहिर अन्य जिल्लाका हुन् ।
भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।
विगत २४ घण्टामा ३६ जना कोरोना संक्रमित बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -