चितवन / चितवनमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेको छ । चितवन कालिका नगरपालिका वडा नं. १ सुन्दरबस्तीमा बुधबार उक्त आरोपितहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ वर्ष ३२ की उर्मिला परियार, बर्ष १६ का सविन परियार, वर्ष १६ का सुवास परियार रहेका छन् भने उनीहरु सबै कालिका नगरपालिका वडा नं. १, सुन्दरवस्तीका हुन् ।
पक्राउ परेका तीनै जनालाई सोही वडाका महेन्द्र सुबेदीको केराबारी नजिकै एकान्त जग्गामा गाई (चौपाया) मारेर भाग लगाउदैँ गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवनमा गाई मारेको आरोपमा ३ जना पक्राउ
July 9, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -