२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025
२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस

प्रकाशित मिति : २०७८ असार २५ गते
- ADVERTISEMENT -

काठमाडौं / कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।
देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण ९नाम, ठेगाना, सम्पर्क नम्बर० नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
कोभिड–१९ स्वाब परीक्षण गर्ने प्रयोगशाला एवं अस्पतालहरूलाई पत्र काट्दै ईडीसीडीले भनेको छ, ‘पीसीआर पोजेटिभ भएकाहरूको सम्पर्क नम्बर पूर्णरूपमा उपलब्ध गराइदिनू ।’
महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -