२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

कारले दुई स्कुटरलाई ठक्कर : एक बालकको मृत्यु, तीनजना घाइते

प्रकाशित मिति : २०७८ असार २५ गते
sketch
- ADVERTISEMENT -

चितवन / चितवनमा कारले दुईवटा स्कुटरलाई ठक्कर दिएको छ । ठ्रक्करबाट पांँच वर्षीय बालकको मृत्यु र अन्य तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती नगरपालिका–३ झुरझुरेस्थित पुर्व–पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले प्रदेश ३००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा पछाडि सवार वर्ष ५ का आरुष अधिकारीको मृत्यु भएको हो । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताए ।
मृतकका बुबा स्कुटर चालक राजकुमार अधिकारी भने सामान्य घाइते भएका छन् । उनीहरु खैरहनी नगरपालिका वडा नम्बर १२ को रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही कारले अर्को प्रदेश ३००३प ६८८८ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा चालक रत्ननगर–१५ का निशान भट्टराई र स्कुटरको पछाडि सवार सोही स्थानका सन्तोष पोखरेल घाइते भएका छन् ।
पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । पूर्व–पश्चिम राजमार्गमा भण्डाराबाट हेटौंडातर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिएको हो ।
अहिले कार र चालक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक कारवाही भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -