July 21, 2024

नेपालमा थप २२३९ संक्रमित, कोरोनाबाट २० को मृत्यु

July 9, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने योसँगै ९ हजार ३४० जनाको मृत्यु भएको छ ।
त्यस्तै आज नै १ हजार ३१६ जना निको भएका छन् भने योसँगै ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -