चितवन / रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो ।
मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर,रोडाभेटर,हाइरो,बीउ राख्ने र मल छर्ने मेसिन,थ्रेसर,टेलर र च्यापकटर मेसिन गरिएको छ । ट्याक्टर सहित अन्य उपकरणलाई ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अतार्थ १५ लाख रुपैयामा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए ।
पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा च्यापकटर मेसिन,रत्ननगर ११ का किसान इश्वरी चौलागाई र रत्ननगर ३ का किसान दर्शन महतोलाई एक एक वटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको छ । त्यसैगरी सहयोगी कृषक समुह रत्ननगर ११ लाई मकै छोड्याउने ३ वटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११,किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोड्याउने एक एक वटा मेसिन प्रदान गरिएको लामाले बताए ।
त्यसैगरी सहयोगी कृषक समुह र किसाज युवराज शर्मालाई एक एक वटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि समुहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर नारायण वनले किसानालाई व्यवायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले चासो नदिएको बताए । ५० प्रतिशत अनुदानमा उपकरण दिँदा पनि किसानहरु लिन नचाहेकोे उनको भनाई छ ।
सित्तैमा पाए लिने उनले भने अनुदानमा दिँदा लिन नमान्ने हाम्रा किसानहरु हुनुहुन्छ । मेयर नारायण वनले सहकारी र कृषि समुहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता दिने बताए । अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता दिने छ ।
उपमेयर विमला दुवाडीले रत्ननगर व्यवसायिक कृषिमा आधारित नगर भएकाले यहाँका सबै किसानलाई व्यवसायीमुखी बनाउने बताइत । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कृषि क्षेत्रको विकासका लागि आधुनिक खेती प्रणालीमा रुपान्तरण जरुरी रहेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका सदस्यहरु सरस्वती लामा,रमा भट्टराई,कृषि शाखाका बासुदेब खनाल,शोभाखर रिमाल लगायतको सहभागिता रहेको थियो ।
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45













