२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

एमाले कार्यदलमा सकारात्मक सहमति

प्रकाशित मिति : २०७८ असार २६ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक सकिएको छ । अर्थ मन्त्रालय सिंहदरवारमा शुक्रवार बसेको ७ घण्टा लामो बैठकले लगभग सहमति जुटाएको एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । भोलि पनि बैठक बसेर सहमतिलाई अन्तिम रुप दिइने उनको भनाई छ ।
‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’ उनले भने, ‘सहमतिको दस्तावेजलाई अन्तिम रुप भाषिक रुपमा परिमार्जन गर्न भोलि एकछिन बस्नु परेकोले भोलिसम्मका लागि स्थगित गरेका छौं ।’ सोमबारदेखि जारी रहेको बैठक निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेको बताइएपनि कुनै सहमति हुन सकेको थिएन ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएपछि बिहीबार बसेको बैठकमा कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । तर, साँझको बैठक भने एजेन्डामा प्रवेश नै नगरी सकिएको थियो । त्यसपछि आज दिउँसो १ बजेबाट बैठक बसेको थियो ।
कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

- ADVERTISEMENT -