भरतपुर / अरुणोदय माध्यमिक विद्यालय गीतानगरमा स्वर्गीय बुबा–आमाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । लिली लोहनीले आफ्नो स्व. बुबा–आमाको स्मृतिमा १० लाख ५ रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेकी हुन् ।
लोहनीले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेकी बताएकी छिन् ।
कोषको ब्याजबाट आउने रकम विद्यालयले ‘स्वर्गीय जीवनाथ लोहनी एवं स्वर्गीय गंगा लोहनी स्मृति पुरस्कार’ नामबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद सापकोटाले बताए ।
सापकोटाका अनुसार स्वर्गीय लोहनी दम्पतीहरूले आफ्नो जीवनकालमा समेत यस विद्यालयलाई आर्थिक र भौतिक रूपमा सहयोग गर्दै आएको उनको भनाइ छ ।
लिली लोहनी र उनको भतिज देभेन लोहनीले विद्यालयका अध्यक्ष रामचन्द्र आचार्यलाई बिहीबार १० लाख पाँच रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । चेक लिँदै अध्यक्ष आचार्यले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।
- ADVERTISEMENT -

स्व. बुबा–आमाको स्मृतिमा १० लाखको अक्षय कोष
July 10, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
