June 25, 2024

‘विकासमा हातेमाले आवश्यक छ’ – रेनु दाहाल

July 10, 2021

चितवन / सहिद शारदा श्रेष्ठ (ऋतृ) को स्मृतिमा ३ किलोमिटर सडकलाई सहिद शारदा ऋतु मार्ग नामाकरण गरी उद्घाटन गरिएको छ । जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाउँको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण सम्पन भएपछि शनिबार उद्घाटन सहित सडकको दायाँबायाँ दुबैतिर वृक्षरोपण समेत गरिएको छ ।
उक्त सडकको लागि ५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६ सय मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरी ६ मिटर चौडाईमा ६ सय मिटर पक्की पिच गरिएको फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले बताए ।
भरतपुर १५ फुलबारी स्थित फुलवारी गोपालगञ्ज टोल विकास संस्था अन्तर्गत पर्ने सहिद शारदा ऋतु मार्गको एक समारोहका बिच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै मेयर दाहालले विकासको रफ्तारमा भरतपुरले हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियान सुरू गरेको बताईन् ।
‘विकासमा हातेमाले आवश्यक छ,’ उनले भनिन्, ‘जनस्तरबाट आएको योजनालाई प्राथमिकता दिँदै भरतपुरको सबै वडामा विकास एउटै रफ्तारमा छ ।’
भूगोलको हिसाबले सबैभन्दा ठुलो क्षेत्रफल भएको वडा नम्बर १५ मा यस आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरी विकास निर्माणलाई अगाडि बढाएको उनले भनिन् ।
कार्यक्रममा बाटो समितिका अध्यक्ष केशव अधिकारी, सहिद परिवारका अगुवा अञ्जनकुमार तिमिल्सीना, सहिद शारदाका बुबा नारायण श्रेष्ठ, सिर्जनशील आमा समृहकी अध्यक्ष भगवती अधिकारी, भरतपुर महानगरका सचिवालय सचिव गोपालकृष्ण न्यौपाने लगायतले बोलेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -