२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

नेपालमा थप २१६९ संक्रमित, कोरोनाले २२ जनाको मृत्यु

प्रकाशित मिति : २०७८ असार २६ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार प्रेस ब्रिफिङ मार्फत् थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
यस्तैगरी पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

- ADVERTISEMENT -