July 13, 2024

चितवन थप १११ संक्रमित, दुई जनाको मृत्यु

July 10, 2021

चितवन / चितवनमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनी नगरपालिकामा ६ जना, माडी नगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ६ जना, राप्ती नगरपालिकामा २ जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामनामा १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४५० पुगेको छ ।
जसमा घरमा आइसोलेसनमा एक हजार ३२३ जना, अस्पतालको आइसोलेसनमा १०१ जना र सार्वजनिक आइसोलेसनमा २६ जना रहेका छन् ।
चितवनमा आजै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या २९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना मृत्यु भएको दुई जना चितवन जिल्लाकै हुन् । दुबै जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको कार्यालयले जनाएको छ ।
चितवनका विभिन्न अस्पतालमा २११ जना कोरोना संक्रमित बिरामीहरु उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६५ जना, भेन्टिलेटरमा १४ जना, एचडीयूमा ४९ जना र जेनरल बेडमा ९७ जनाको उपचार भइरहेको छ ।
त्यस्तै चितवनमा विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २८ जना डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -