काठमाडौं / कोपा अमेरिका २०२१ को ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले उचालेको छ । आइतबार बिहान भएको फाइनल खेलमा साविक विजेता ब्राजिललाई १–० गोल अन्तर पराजित गर्दै अर्जेन्टिनाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
ब्राजिलको कन्मेबोलमा सम्पन्न खेलको पहिलो हाफमा जर्सी नं. ११ का डी मारियाले २१औं मिनेटमा अर्जेन्टिनालाई १ गोल गरी अग्रता दिलाएका थिए । डी मारियाको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेल अवधिभर ब्राजिल निकै आक्रामक रहे पनि गोल गर्न असमर्थ रहे ।
खेलमा दर्शकले जति आशा विश्व चर्चित खेलाडी लियोनेल मेसीसँग राखेका थिए त्यो भने यसपाली तुहिएको छ । यद्यपि अर्जेन्टिनाले बाजी मारेसँगै मेसीको चर्चा चुलिएको छ ।
सम्पन्न फाइनल खेलमा पहेंलो कार्डको वर्षा नै भएको छ । पहेंलो कार्ड बेहोर्नेहरु अर्जेन्टिनाका जर्सी नं. ५ का ली परडेस, जर्सी नं. २० का लो केल्सो, जर्सी नं. ७ का डे पौल, जर्सी नं. १९ का ओटी ओमेटी र जर्सी नं. ४ का गोन्जाला रहेका छन् । त्यस्तैगरी ब्राजिलका जर्सी नं. १६ का रेनान र जर्सी नं. १७ का लुकासले पहेंलो कार्ड खाएका थिए ।
यसअघि सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
July 11, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -