चितवन / माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ३ बाह्रघरेस्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि जमिनमुनि गाडेको ह्यूम पाईपभित्र माछा मार्न जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा सोही ठाउँ बस्ने वर्ष ३५ का लालबहादुर श्रेष्ठ रहेका छन् । आज आइतबार बिहान करिब ९ः३० बजे समयमा माछा मार्ने क्रममा श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिले बेपत्ता श्रेष्ठको खोजीकार्य भइरहेको बताइएको छ भने हालसम्म उनी फेला परेका छैनन् ।
चितवनमा माछा मार्ने क्रममा एक जना बेपत्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
