मानिसले कुनै पनि व्यवसाय संचालन गर्नका लागि दर्ता गराउनु पर्नेछ । दर्ता प्रक्रियागत ढंगबाट संचालन गरिएका व्यवसाय कानुनी रुपमा मान्यता दिइन्छ । कानुनी रुपमा संचालन गरी व्यवसाय संचालन गर्दछ भने त्यो व्यक्ति देशको सच्चा नागरिकमा गणना हुन्छ । व्यवसाय हरेक किसिमका हुन्छन् । सामान्यस्तरका व्यवसायदेखि ठूलाठूला कम्पनी संचालन गर्ने लगायतका हुन्छन् । कम्पनी दर्ता गर्नका लागि सरकारबाट तोकिएको दर्ता गर्ने ठाउँ र आधिकारिक व्यक्तिसँग गराउनु जुन उपयुक्त तथा आवश्यक छ । भोलि गएर आफू र आफ्नो कम्पनी जुनसुकै ढंगबाट सुरक्षित हुन जरुरी हुन्छ ।
नेपाल सरकारबाट अधिराज्यभर अधिकार प्राप्त गर्ने कम्पनी दर्ता गर्ने ठाउँ १७ वटा मात्र छन् । जसमध्ये चितवनमा एस एण्ड पी कम्पनी भरतपुर बाइपासरोडमा पर्दछ । यो कम्पनी सरकारले अधिकार प्रदान गरेको कम्पनी दर्ता गर्ने ठाउँको अन्तिम नं. १७ मा सूचीकृत रहेको छ । यस एस एण्ड पी कम्पनीले विगत ११ वर्षदेखि निरन्तर सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यस एस एण्ड पी कम्पनीमा नयाँ कम्पनी दर्ता, नवीकरण, शेयर खरिद बिक्रीलगायत कम्पनी खारेजी समेत सम्पूर्ण कार्य गरिन्छ । आन्तरिक लेखापरीक्षणको साथै त्बह, ख्बत को मास्केवारी राख्ने, ल्भत भ्लतचथ तथा अनलाइन सेवाको सुविधा दिदैँ आएको छ । यसै विषय अन्तर्गत रहेर एस एण्ड पी कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठसँग न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले लिनु भएको वार्तालाप प्रस्तुत छ :
१. सर, नमस्ते स्वागत छ तपाईलाई । तपाईको परिचय पूरा परिचय दिनुस् न ?
– नमस्ते, धन्यवाद । म सूर्य श्रेष्ठ । गोरखा जिल्ला जन्म स्थान हो । म भरतपुर ४ को स्थायी वासिन्दा भए पनि हाल भरतपुर ११ वाईपासरोडमा बस्दै आएको छु ।
२. तपाईको शैक्षिक योग्यता कति हो ? कुन कुन विषय अध्ययन गर्नु भयो ?
– मेरो शैक्षिक योग्यता मानविकी संकायमा Bachelor Level हो । पहिले Arts विषय लिएको थिएँ । तर पछि Aditor बन्ने अभिलाषाले I.com बाट शुरु गरी MBS सम्म Auditing Taxation र पछि फेरि Marketing Research मा Master Degee गरेको हुँ । मैले L.L.B. सम्मको अध्ययन गरेको छु ।
३. कति वर्ष भयो एस एण्ड पी अडिटिङ कम्पनी कार्यालय संचालन गर्नु भएको ? कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– विगत ११ वर्षदेखि बाइपास रोड, भरतपुरमा एस एण्ड पी अडिटिङ कम्पनी कार्यालय संचालन गर्दै आएको छु । ठिकै छ । सन्तुष्ट नै छु । ग्राहकहरु राम्रै बनेका छन् ।
४. यस कम्पनीले के के काम गरी सेवा पु¥याएको छ ग्राहकहरुलाई ?
यस कम्पनीले ग्राहकहरुलाई प्रा.लि.को नयाँ दर्ता, नवीकरण, शेयर खरिद बिक्री, लगायत कम्पनी खारेजी समेत सम्पूर्ण कार्य गर्दै आएको छ । आन्तरिक लेखापरीक्षणको साथै Tax, Vat को मास्केवारी राख्ने, Net Entry तथा अनलाइन सेवाको सुविधा प्रदान गर्दै आएको छ ।
५. इजाजत प्राप्त गरेको आधिकारिक सेवा केन्द्र नेपाल अधिराज्यभर कति संख्यामा छन् र तपाई कति नं. पर्नु हुन्छ ?
नेपाल अधिराज्यभर इजाजत प्राप्त कम्पनी दर्ता गर्ने ठाउँ जम्मा १७ वटा मात्र छन् । मेरो कम्पनी अन्तिम १७ नं. मा सूचीकृत छ र चितवनमा आधिकारिक दर्ता गर्ने ठाउँ मेरो मात्र रहेको छ ।
६. चितवनमा कम्पनी प्रा.लि. दर्ता गर्ने बिचौलियाहरुको बढी हावी छन् भन्ने सुनिन्छ, तपाई के भन्नु हुन्छ ?
जुनै स्थानमा पनि बिचौलिया हावी छन्, देशलाई विकृति विसंगतितर्फ यिनै बिचौलियाहरुले धकेलिरहेका छन् । यिनै बिचौलियाहरुको जगजगीले गर्दा हामी आधिकारिक दर्ता गर्ने कम्पनी दर्ता गर्ने ठाउँलाई असर पारिरहेको छ । जबसम्म बिचौलियालाई नियन्त्रण गरिदैँन, तबसम्म राज्यको कर सही ढंगबाट उठ्दैन । यस्ता बिचौलियाहरुलाई सरकारले खोजी खोजी निरुत्साहित पार्नु पर्ने जरुरी देखिन्छ ।
७. कम्पनी दर्ता गर्ने ठाउँ भनी विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको देखिन्छ, के यो राख्न मिल्ने हो ?
लाइसेन्स अप्राप्त व्यक्तिले काम गर्छु भनी होर्डिङ बोर्ड राख्नु ठाडै गैरकानुनी हो । यसतर्फ सरकारी निकायको ध्यान जान जरुरी छ । आधिकारिक नभएका दर्ता गर्ने ठाउँ लेखिएका सबै त्यस्ता खालका अवैधानिक व्यवसाय गरिरहेकालाई कानुनी कठघरामा ल्याउनुपर्छ । सम्बन्धित निकायले त्यस्ता किसिमका गैरजिम्मेवारी पूर्ण ढंगले संचालन गर्दै आएका सबैको छानविन गरी आवश्यक कारवाही गर्नुपर्छ ।
८. तपाईको जस्तै अरुले यो पेशामा राज्यलाई कर नतिरी काम गरेको छ भनेर बढी गुनासो छ नि ?
गैरकानुनी ढंगबाट ब्यवसाय गर्नेले कसरी कर तिर्दछ ? तपाई आफै सोच्नुस् त । कम्पनीको काममा करौडौ राजस्व चुहावट भएको छ । राज्यलाई आयकर, मु.अ.कर नतिरी ठगीधन्दा चलाइरहेकाहरुले कर तिरेको छैन । सुखी नेपाली सम्बृद्ध नेपाल बनाउन हामी सबैले कर तिर्नैपर्दछ । हरेक सच्चा नागरिकले राज्यलाई कर तिर्नुपर्दछ । यस्ता ठगीधन्दा गर्ने बिचौलियाहरुले गर्दा हामी जस्ता राज्यलाई कर तिर्ने र आधिकारिक कम्पनी दर्ता गर्ने ठाउँ सेवा केन्द्रलाई ठूलो हानी बेहोर्नु परेको छ ।
९. अन्तमा तपाई आफ्ना ग्राहक र आम नेपाली जनसमुदायलाई के सल्लाह दिन चाहनुहुन्छ ?
तपाई लगायत न्यूजप्रवाह डटकम परिवारलाई विशेष धन्यवाद । मेरा सम्पूर्ण ग्राहक तथा आम नेपाली जनसमुदायलाई नेपाल सरकारबाट अधिकार प्राप्त एस एण्ड पी कम्पनीबाट नै कम्पनी दर्ता गर्नुहुन अनुरोध छ । एस एण्ड पी कम्पनी नेपाल सरकारबाट इजाजत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र हो । त्यसैले हाम्रो यस अधिकार प्राप्त सेवा केन्द्रबाट आफ्नो कम्पनी दर्ता लगायत सबै किसिमका नयाँ दर्ता, नवीकरण, शेयर खरिद बिक्री लगायत कम्पनी खारेजीलगायत सम्पुर्ण कार्य गरी सुरक्षित हुनुहुन सबैलाई विनम्र अनुरोध छ । धन्यवाद ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘अवैधानिक रुपमा व्यवसाय संचालन गरेकालाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ प्रबन्ध–निर्देशक श्रेष्ठ
July 11, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
