काठमाडौं / लण्डनस्थित वेम्वली स्टेडियममा भएको युरोकप २०२० को उपाधि इटालीले उचालेको छ । सोमबार बिहान भएको खेलमा इटालीले इङल्याण्डलाई इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । इटालीले इङल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको हो ।
इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा सुटआउटमा दुई गोल बताएका थिए भने इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी रोकेका थिए । तर विजयी भने डोनारुम्बा नै भए ।
खेलको १२० मिनेटसम्म (निर्धारित र अतिरिक्त समय) १–१ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउट भएको थियो । खेलको पहिलो हाफको दोस्रो मिनेटमै इंगल्याण्डले खाता खोलेका थिए ।
किरन ट्रिपिएरको पासलाई लुक श ले गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो ।
खेलको ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काएका थिए ।
इटलीले ५३ वर्षपछि पहिलो पटक युरोकप जितेको हो । यसअघि सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।
इटाली ५३ वर्षपछि ‘युरोकप-२०२०’ च्याम्पियन
July 12, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
