चितवन / सुख्खा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ अन्तर्गत कालीखोला नजिकै चेपाङ डांँडामा सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय, चितवनले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार आज (सोमबार) बिहान सांँढे ४ बजेदेखि पहिरो सुख्खा पहिरो खस्न शुरु भएको हो भने बिहान पौने ७ बजे थप पहिरो झरेको हो । कार्यालयका प्रमुख भगवानराज थापाले लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको बताए ।
प्रमुख थापाले पहिरो पन्छाउन न्यूनतम तीनघण्टा लाग्ने बताए । ठूलो पहिरो खसेपछि सवारी जाम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले वैकल्पिक बाटो समेत अपनाउन आग्रह गरेको छ । उक्त पहिरो खसेको स्थान मुग्लिनबाट नारायणगढतर्फ झण्डै ४ किलो मिटर टाढा पर्दछ ।
चेपाङ् डांँडामा सुख्खा पहिरो : मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
