March 16, 2025
- ADVERTISEMENT -

रोनाल्डो युरोकपको सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट

July 12, 2021

काठमाडौं / विश्व चर्चित खेलाडी क्रिस्टियानो युरोकप २०२० को सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को समूह चरणमा ३ खेलबाट ५ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका हुन् ।
रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २–२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए । साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भएका हुन् ।
युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले पनि पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहेका हुन् । त्यस्तै फ्रान्सका करिम बेन्जामाले ४ गोल गरेर तेस्रो स्थानमा रहेका हुन् ।

- ADVERTISEMENT -