चितवन / चितवनमा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सोमबार २११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिन यताको संख्या अनुसार दोब्बर हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार ४२ जनामा र शनिबार १११ जनामा कोरोना संक्रमण देखिएको थियो । असार महिनामा पहिलो पल्ट कोरोना संक्रमितहरुको संख्या २११ पुगेको हो ।
चितवनमा डेल्टा भेरियन्ट देखिएसँगै कोरोना संक्रमण बढेको चिकित्सकहरुले बताए । थपिएका संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनीमा ६ जना, माडी नगरपालिकामा ५ जना, रत्ननगरमा ६ जना, राप्तीमा २ जना, कालिकामा ८ जना र इच्छाकामनामा १ जना रहेका छन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४५० पुगेको छ । कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रामक मानिएको छ ।
चितवनमा २११ जनामा संक्रमण, केही दिनयताकै दोब्बर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
