July 13, 2024

देशभर थप २३७० संक्रमित, संक्रमणबाट १८ को मृत्यु

July 12, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार नियमित प्रेस ब्रिफिङ मार्फत ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -