२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतीय ट्रकबाट २४७ किलो गाजा बरामद

प्रकाशित मिति : २०७८ असार २८ गते
File Photo
- ADVERTISEMENT -

पर्सा / वीरगञ्ज महानगरपालिका–२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट प्रहरीले २ सय ४७ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
उक्त गाँजा वशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
सोमबार दिउँसो हेटौँडाबाट पर्सा हुँदै भारततर्फ जाँदै गरेको उक्त भारतीय ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक ट्रकछोडेर फरार भएपछि २३ वटा पोकाभित्र रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल फरार रहेका ट्रक चालकको खोजी गर्नुका साथै उक्त घटनाको विषयमा आवश्यक अनुन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -