२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनमा प्रधान न्यायाधीश राणाको पुत्ला दहन

प्रकाशित मिति : २०७८ असार २९ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / चितवनमा युवा तथा विद्यार्थीहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी गरेको छ । अनेरास्ववियु चितवनले भरतपुरको चौबीसकोठीमा आयोजना गरेको कोणसभा लगत्तै युवाहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए ।
युवा तथा विद्यार्थीहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए । चौबीसकोठीमा आयोजित कोणसभामा नेकपा एमालेका केन्द्रिय सदस्य कपिलदेव पोख्रेल, एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक पद्धति र गणतन्त्र खतरामा परेको भन्दै जनताको मतको सर्वोच्चले अपमान गरेको बताएका थिए ।

- ADVERTISEMENT -