२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

प्रकाशित मिति : २०७८ असार २९ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सर्वोच्च अदालतको परमादेश बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिले सर्वोच्चले दिएको समय आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
सपथग्रहणका बारेमा देउवासँग समेत कुरा गरेपछि समय निश्चित हुने बताइएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला र परमादेश प्राप्त भएको बताए ।
सर्वोच्चले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । देउवाले आजै सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठनको तयारी थालेका छन् ।

- ADVERTISEMENT -