June 25, 2024

तनहुँ देवघाटका १२ जना अपाङ्गलाई राहत

July 14, 2021

चितवन / तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ का १२ जना अपाङ्ग व्यक्तिहरूलाई राहत वितरण गरिएको छ । राष्ट्रिय एकीकृत विकास संस्थाको सहयोग र देवघाट गाउँपालिकाको समन्वयमा मंगलबार राहत वितरण गरिएको हो ।
आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापाद्वारा राहत वितरण गरिएको छ।
देवघाट गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि बिमला थापाले राष्ट्रिय एकीकृत विकास संस्थाले देवघाटले अपाङ्ग व्यक्तिहरूलाई राहत वितरण गर्नु भएकोमा धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा देवघाट ४ नम्बर वडा अध्यक्ष पदमबहादुर गुरुङले मानवीय कार्यको सह्राहना गर्दै सहयोगी संस्थाप्रति आभारी भएको बताए ।
उक्त राहत कार्यक्रममा चामल, दाल, चिनी, नुन, तेल, साबुन गरी २० हजार बराबरको राहत वितरण गरिएको थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -