January 24, 2025
- ADVERTISEMENT -

बेपत्ता विष्णुको परिवारद्वारा खोजीको अपिल

July 14, 2021
Photo : Halkaro

चितवन / भरतपुर–६, चितवनका विष्णुप्रसाद मिश्र पांँच दिनदेखि हराइरहेका छन् । गत शुक्रबार मोटरसाइकल मर्मत गर्न नजिकैको चोकबजारबाट गएका उनी सम्पर्कविहीन भएको परिवारले जनाएका छन् । सो दिन उनी बिहान नजिकैको अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थामा दुध बेचेर फर्किएको बताइएको छ ।
मोटरसाइकल मर्मत गर्न हिँडेका विष्णु घर नफर्किएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । उनी ५ दिनदेखि वेपत्ता भएपछि इलाका प्रहरी कार्यालय गीतानगरमा खबर गरिएपनि हालसम्म परेका छैनन् ।
बेपत्ता भएका विष्णुको हुलिया ५ फिट ८ इन्च उचाई, वर्ष ३५, दारी कपाल लामोलामो पालेका र पहेँलो टिसर्ट खरानी रङको पाइन्ट लगाएदेखि हराएको उनका काका द्वारिकानाथ मिश्रले बताए ।
काका मिश्रका अनुसार उनको घरमा आमा छोरा मात्र थिए भने बुबा नारायणप्रसाद मिश्र ६ महिना अगाडि अमेरिका गएका गत असार २८ गते घर आइपुगेका छन् ।
कतै भेटेमा वा जस्तोसुकै अवस्थामा देखेमा मानवीय सहयोग गरी उद्धार कार्यमा सहयोग गरिदिन साथै फोन नम्बर ९८४५०४८४०५, ९८४५६२३९७०, ९८४५०४८४०६ अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन परिवारजनले आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -