२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

प्रकाशित मिति : २०७८ असार ३१ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’नामक मोबाइल एप सार्वजनिक गरेको छ । एक भर्चुअल कार्यक्रमकाबीच डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेका हुन् ।
बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमयदर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।
उक्त एप हालको निम्ति बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बैंकले जनाएको छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ ।
उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिब सिस्टममा समेत विस्तार गरिने बताइएको छ । देहायमा उल्लेखित लिङ्कमार्फत् एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न सकिनेछ ।

- ADVERTISEMENT -