January 24, 2025
- ADVERTISEMENT -

चितवनमा साउन ७ गतेसम्म थप निषेधाज्ञा

July 15, 2021

चितवन / चितवनमा पुनः ७ दिन निशेधाज्ञा थप गरिएको छ । चितवनमा नयांँ डेल्टा भाइरस पुष्टि भएसंँगै अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै बिहीबार निशेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो । जारी निषेधाज्ञा आज (बिहीबार) राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको जनाएको छ ।
यसअघि थप गरिएको निशेधाज्ञाका आदेशहरुलाई निरन्तरता दिइएको छ । बढी भीडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस, धार्मिक स्थल हुने गतिविधिलाई रोकिएको छ ।
घरमै सञ्चालन गर्ने संस्कारका कार्यहरुलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाईने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारी निशेधाज्ञा उल्लेख छ । अन्य व्यवसाय तथा सेवा दिइने कामहरुको हकमा यसअघि गरिएको निशेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -