चितवन / भरतपुर महानगरपालिका वडा नं. १६ मा १४४ महिलासहित २९४ जनाले कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएका छन् । चितवन जिल्लाका विभिन्न पालिकाहरुमा सुरु भएको कोरोना भाइरस विरुद्ध खोप अन्तर्गत शुक्रबार वडा नं. १६ मा २९४ जनाले लगाएको वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडाध्यक्ष हमालका अनुसार शुक्रबारदेखि सुरु भएको खोप अभियान ३ गतेसम्म रहने छ भने जसअन्तर्गत ५५ वर्ष माथिकालाई खोप दिइएको हो । आज शनिबार पनि खोप अभियान संचालन भइरहेको हुँदा सबै वडावासीहरुलाई समयमै आउन उनले आग्रह गरे ।
खोप अभियान संचालन अन्तर्गत भोलि आइतबार अन्तिम दिन यसअघि खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, बैंक कर्मचारी, संस्थान कर्मचारी, शिक्षक, जनप्रतिनिधिलाई लगाइने उनले बताए ।
त्यस्तैगरी खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिषा लागेकाहरुलाई पनि खोप दिने व्यवस्था गरिएको उनले भने । सार्वजनिक सवारीका चालक, सहचालक र यातायात व्यवसायीलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाइने व्यवस्था गरिएको छ ।
खोप लगाउन छुट भएका व्यक्तिहरुको हकमा आफू सम्बद्ध संघ संस्थाको परिचय पत्र र प्रमाण खुल्ने कागजात अनिवार्य हुनु पर्ने उनले जनाए । कोरोना भाइरस विरुद्धको खोप दुरुपयोग नहोस् भन्नका लागि आफू सम्बद्ध संघसंस्थाका निवेदन साथमा ल्याउन सबैलाई आग्रह गरिएको उनको भनाइ छ ।
भरतपुर–१६ मा २९४ ले लगाए कोरोना विरुद्धको खोप
July 17, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -