December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना विरुद्धको खोप खरिद गर्न २ अर्ब

July 17, 2021

मकवानपुर / बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन विशेष प्राथमिकता दिई उक्त रकम विनियोजन गरेको प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् ।
मन्त्री बस्नेतलले आज मन्त्रालयको गतिविधिका बारेमा सञ्चारकर्मीसँग कुराकानी गदै सो कुराको जानकारी गराएकी हुन् । उनले खोप खरिदका लागि प्रदेश सरकारले पहल गरिरहेको र सम्भव नभएमा संघीय सरकारसँग सहकार्य र समन्वय गरी प्रदेशका सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै, मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशनसमेत दिएको उनले बताइन् ।
यसैबीच प्रदेश सरकारलाई ‘एसटिसी ग्रुप’ नामक संस्थाद्वारा २०० अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

- ADVERTISEMENT -