January 15, 2025
- ADVERTISEMENT -

स्वर्णलक्ष्मीको एटिएम सेवा शुभारम्भ

July 21, 2021

भरतपुर / स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुभारम्भ गरेको छ । संस्थाले आज (बुधबार)देखि भरतपुर–०१, बालकुमारीरोडस्थित आफ्नै भवनबाट एटिएम सेवा शुभारम्भ गरेको हो ।
भरतपुर महानगरपालिका सहकारी शाखा प्रमुख रामबाबु पौेडेलद्वारा एटिएम सेवाकोे उद्घाटन गरी सेवा सुरु गरिएको हो । सहकारी शाखा प्रमुख पौडेलले स्वर्णलक्ष्मी साकोसले राम्रो कार्यको शुरुवात गरेको बताए । उनले अन्य साकोसहरुलाई पनि प्रविधिमैत्री रहेर सदस्यहरुलाई सेवा दिन सुझाव दिए ।
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णकुमार तामाङले एटिएम सेवा बाहेक संस्थाले सदस्यहरुलाई मोबाईल बैकिङ सेवा पनि प्रदान गरिरहेको जानकारी दिए ।
यस्तैगरी संस्थाको हाल रत्ननगर–०२ टाँडी, खैरहनी–०८ पर्सा, कालिका–०६ खोलेसिमल बजार र भरतपुर–२० चनौलीबजार गरी थप ४ सदस्य सेवा केन्द्रहरु संचालित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -