काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा पीसीआर परीक्षणबाट १ हजार ८ सय ५५ जनामा र एन्टीजेन परीक्षणबाट ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टीजेन परीक्षणबाट ५३ हजार ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म ६ लाख ३७ हजार ६ सय ९० जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप २७१४ मा कोरोना संक्रमण
July 22, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -