December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशमा अनलाइनबाटै ब्लुबुक नवीकरण 

July 23, 2021

मकवानपुर / बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था सुरु गर्ने भएको हो ।
उक्त व्यवस्थाको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने भएका छन् ।
यसका साथै सवारीसाधनको कर तथा जरिवाना पनि तिर्न सकिने छ । यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) को विकास गरेको छ ।
यसअघि नै यो सेवा शुरू हुने भनिएपनि केही प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै शुरू हुन लागेको हो ।
साथै सेवाग्राहीले नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिनुका साथै कर तिर्न सक्ने छन् । जसका लागि एपको सवारी कर अप्सनमा जानुपर्ने हुन्छ ।

- ADVERTISEMENT -