चितवन / भरतपुर वडा नं. १६ मा २८० जनालाई कोरोना संक्रमण विरुद्धको भ्याक्सिन लगाउने कार्य भइरहेको छ । गत हप्ता छुटेका शिक्षकहरुलाई प्राथमिकता राखेर आज सोमबार कोरोना संक्रमण विरुद्धको भेरोसिल पहिलो डोज खोप लगाइने वडाध्यक्ष अमृराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार भोलि मंगलबार भ्याक्सिन लगाउन छुटेका स्वास्थ्यकर्मी, औषधी कम्पनी, अक्सिजन सम्बन्धी कार्य गर्ने, सरकारी कर्मचारी र पत्रकारको पालो भएको बताए । उनले यो बीचमा वृद्धवृद्धा अर्थात ६० कटेका कोही आएमा मानवताको दृष्टिकोणले पनि उनीहरुलाई भ्याक्सिनको व्यवस्था गरिने उनले भने ।
त्यस्तैगरी आगामी बुधबार (साउन १३) यसअघि छुटेको ५५ वर्षदेखि माथिकालाई भ्याक्सिन लगाइने छ भने बिहीबार ५० देखि ५४ वर्षसम्मकालाई भ्याक्सिन लगाइने तालिका भएको अध्यक्ष हमालले बताए ।
भ्याक्सिनको लागि अब वडावासीले धेरै समय पर्खनु नपर्ने र बिस्तारै सहज भइसकेको उनको भनाइ छ । सरकारले भ्याक्सिन अधिकतम मात्रामा आयात गरेकोले अब सबैको पालो छिटै आउने उनले बताए ।
भरतपुर–१६ मा २८० जनालाई कोरोना विरुद्धको खोप लगाइँदै
July 26, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -