काठमाडौं / कोभिड–१९ संकटका कारण वैदेशिक रोजगारीका क्षेत्रमा संकुचन आइरहेका बेला इजरायलले नेपालबाट एक हजार केयरगिभरका लागि श्रमिक लैजाने भएको छ ।
लामो कूटनीतिक पहलपछि आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली युवाले सरकारी तवरबाट सहायक कामदारका रुपमा केयरगिभरमा रोजगारी पाउने भएका हुन् ।
श्रमिकमैत्री कानुन, बिमासहितको विभिन्न सुविधा र औसत मासिक २ लाखको हाराहारीमा तलब रहेको इजरायलले एक हजार नेपालीलाई रोजगारी दिने गरी मागपत्र पठाएपछि सरकारले यसका लागि आवेदन समेत माग गरेको छ । यसअघि मेनपावर कम्पनी र संस्थागत रुपमा न्यून संख्यामा रोजगारीका लागि इजरायल गइरहेका नेपाली युवाले अब सरकार–सरकार जिटुजी मार्फत रोजगारी पाउने भएका छन् ।
नेपाल र इजरायल सरकारबीच १४ असोजमा भएको श्रम सम्झौता अनुसार इजरायलले पहिलो चरणमा १ हजार नेपालीलाई केयरगिभरमा रोजगारी दिने गरी मागपत्र पठाएको छ । सहायक कामदारको रुपमा इजरायलको अशक्त नागरिकको स्याहार केन्द्रमा काम गर्नका लागि मंगलबारबाट आवेदन मागको गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने गरी माग आएको बताए । इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैंले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहति १ लाख ६५ हजार सात सय शुल्क लाग्ने विभागले जनाएको छ ।
१ हजार मागमध्ये ३० प्रतिशत अर्थात तीन सय पुरुष र ७० प्रतिशत अर्थात सात सय महिला श्रमिकले रोजगारको आवसर पाउनेछन् । साप्ताहिक रुपमा तोकिएको काम गर्ने समय ४२ घन्टा भन्दा बढी अतिरिक्त काम गरेको सुविधा इजरायलको श्रम कानुन अनुसार पाइने छ ।
इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्न चाहने आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै उचाइ कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ । आवेदकको शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
आवेदकले विभागको वेबपोर्टलमा उपलब्ध अनलाइनमार्पmत आवेदन दिन सकिने छ । आवेदकमध्ये मापदण्डमा परेका आवेदनकले ८० पूर्णांक अंकभारको वस्तुगत बहुवैकल्पिक प्रश्नोत्तर प्रणाली अनुसार अंग्रेजी भाषाको लिखित परीक्षा र २० पूर्णांक अंकभारको अन्तर्वार्ता पास गर्नुपर्ने छ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई अंग्रेजी भाषाको लिखित परीक्षामा सहभागी भई परिक्षा दिनुपर्ने विभागले जनाएको छ ।
भाषा परीक्षापछि छनौट भएका १ हजार चार सय जनाको योग्यताक्रम सूचीको अन्तिम रोष्टर तयार पारी इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय पिवा लाई पठाइनेछ । पिवाले माग संख्याको करीब ७५५ एक हजार नबढ्ने गरी कामदार चिठ्ठाद्वारा छनौट गर्ने निर्देशक भट्टराईले जनाए । कामदारले रोजगार सम्झौतामा हस्ताक्षर गरेको ५ दिन भित्र प्रवेशाज्ञा जारी गर्नको लागि विभागले सिफारिससहित सहजिकरण गर्ने छ ।
प्रवेशाज्ञाको लागि सिफारिस गरेको उम्मेदवारले प्रवेशाज्ञा पाउने वा नपाउने विषयमा विभाग उत्तरदायी नहुने उल्लेख छ । आवेदक विगतमा इजरायल गई काम नगरेको समेत हुनुपर्ने छ भने आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने शर्त रहेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

इजरायलमा एक हजार युवालाई रोजगारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20













