मकवानपुर । मकवानपुरमा पछिल्ला दिनमा दिनहुँ कोही छोरी, कोही बुहारी त कोहीका पत्नी र बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलमा धाउने गरेका छन् ।
महिला र बालबालिकाहरु बेपत्ता हुनेका संख्या दैनिकरुपमा बढ्दो छ । जिल्लाका शहरी ग्रामीण क्षेत्रका बासिन्दाको कमजोर आर्थिक स्थिति, घरायसी समस्या र चेतना अभावले गर्दा मानिसहरु हराउने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा आर्थिक वर्ष २०७७/७८ मा २ सय ८६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २ सय ७६ जना बेपत्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १० जना बढी बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये जिल्ला प्रहरी कार्यालय मकवानपुर २ सय ६१ जना फेला पार्न सफल भएको छ।
आर्थिक वर्ष २०७७/०७८ को साउनमा महिला २२ जना बेपत्ता भएकामध्ये जिल्ला प्रहरी कार्यालयले २१ जना फेला पारेको छ भने भदौमा ७ जना बेपत्ता भएकामध्ये सातै जना फेला पार्न सफल भएको छ ।
असोजमा २५ जना बेपत्ता भएकामध्ये २३ जना फेला परेका छन् । २ जना हालसम्म पनि फेला पार्न सकिएको छैन । कार्तिकमा २२ जना बेपत्ता भएकामध्ये २१ जना फेला परेका छन् । मंसिरमा २३ जनामध्ये २२ जना फेला परेका छन् । पुसमा २८ जनामध्ये २६ जना फेला परेका छन् । माघमा २१ जनामध्ये १८ जना फेला परेका छन् । फागुनमा ३३ जनामध्ये ३१ जना फेला परेका छन् । चैतमा ३२ जनामध्ये २८ जना फेला परेका छन् ।
बैशाखमा ४० जनामध्ये ३४ जना फेला परेका छन् । जेठमा १३ जनामध्ये १३ जना नै फेला परेका छन् भने असारमा २० जनामध्ये १७ जना फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक चुडाकुमारी खड्काले जानकारी दिइन् । आर्थिक वर्ष २०७७/०७८ मा बेपत्ता भएकामध्ये २५ जना फेला परेको प्रहरीले जनाएको छ । हेटौँडा सन्देशमा समाचार छ ।
मकवानपुरमा २८६ जना बेपत्ता, भेटिए २५ जना
July 28, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -