January 13, 2025
- ADVERTISEMENT -

७ लाख नगदसहित एघार जुवाडे प्रहरी फन्दामा

July 28, 2021

धुलिखेल / काभ्रे जिल्लाको बनेपाबाट ११ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई बनेपा नपा–१४ खालचौरको स्थानीय थोप्चेन तामाङको घरबाट मंगलबार साँझ पक्राउ गरेको हो ।
उनीहरुलाई अवैध रुपमा बाजी थापी जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरिएको गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताए । डिएसपी खतिवडाका अनुसार उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा बनेपा नपा–१० जनागालका कृष्ण केसी, रोशी गाउँपालिका–३साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा–११ को पाकु टोलका सुमन अधिकारी, बनेपा–१४ को साँगाका गणेश थापा, बनेपा– ७ को धनेश्वरका अनिल मुस्याजु, रोशी गापा–३ को शिखर आम्बोटेका हिरा लामा रहेका छन् ।
त्यस्तैगरी रोशी–१ हाल बनेपा–७ बस्ने चन्द्र लामा स्याङतान, रोशी–३ हाल बनेपा बस्ने थर्कमान लामा, बनेपा–६ का किशोर अधिकारी, धुलिखेल–११ सारदाबतासेका छिरिङ लामा, भक्तपुर सुर्यबिनायक–९ दिपक बस्नेत लगायत रहेका छन् ।
पक्राउ परेको उनीहरुलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -