मकवानपुर / जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको हिजो बुधबार बसेको बैठकले मकवानपुरमा जारी निषेधाज्ञा आगामी साउन २४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको उक्त बैठकले आज साउन १४ गते राति १२ बजेदेखि लागू हुने गरी आगामी साउन २४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाका अनुसार, उक्त बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ४ बजेदेखि विहान ११ बजेसम्म खोल्ने दिने निर्णय गरेको छ ।
यसैगरी, बैठकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी बिहान ११ बजेदे बेलुका ६ बजेसम्म खोल्न दिने र पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ ।
त्यस्तै सार्वजनिक सवारीसाधनको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने, लामो दुरीका सवारीसाधन, मालबहाक सवारीसाधन तथा निर्माण सामाग्री ढुवानी साधनहरु यस जिल्लामा नरोकिने गरी आवतजावत गर्न दिने भएको छ ।
यसैगरी, जिल्लामा मापदण्ड बमोजिम भौतिक दूरी कायम गरी २५ जना भन्दा बढी परीक्षार्थी भेला नहुने गरी परीक्षा संचालन गर्न दिने निर्णय गरेको छ ।
बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायत सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुती, फुटसल पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा थप १० दिन निषेधाज्ञा, के पाउने / के नपाउने ?

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













