April 23, 2025

चितवनमा निषेधाज्ञा थप १० दिन, केही खुकुलो बनाइँदै

July 29, 2021
- ADVERTISEMENT -

चितवन / चितवनमा साउन २४ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोरोना भाइरसको संक्रमण दर नघटेकोले साउन २४ गतेसम्म निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवन जिल्लामा पहिलो पटक वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । यसअघि प्रशासनले पछिल्लो समयमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को सिफारिसमा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक आदेश जारी गर्दै  निषेधाज्ञा थप गरेका हुन् ।
निषेधाज्ञा पहिलेभन्दा पसल सञ्चालनमा केही खुकुलो गरिएको छ । चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । संचालनको लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस एवं ट्राफिक प्रहरी कार्यालयको समन्वय हुनुपर्ने प्रशासनले जनाएको छ ।

- ADVERTISEMENT -