चितवन / जनकल्याण कृषि नमुना महिला कृषक समूहद्वारा सञ्चालित महिलाहरुको सामुहिक लगानीमा सुपथ पसल शुभारम्भ गरिएको छ । रत्ननगर–१३, माधवपुरका ५१ जना महिलाहरुको सामुहिक लगानीमा बिहीबारदेखि सो पसल सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडीले पसलको उद्घाटन गरेकी हुन् । उपप्रमुख दवाडीले महिलाहरुद्वारा सुरु गरिएको सुपथ पसलको व्यवसायिक सफलताको शुभकामना दिइन् । उनले महिलाहरुको यो सामूहिक कार्यको समाजमा एक उदाहरण हुने बताइन् ।
महिला कृषक समूहकी अध्यक्ष उमा सापकोटाले हाल पसलमा खाध्यान्नका सामानबाट सुरु गरिएको बताइन् । उनले केही समयपछि सो पसलमा दुग्धजन्य परिकार, गाई, भेैसी, कुखुराका लागि दाना चोकर पनि राखिने जानकारी गराइन् ।
कार्यक्रममा रत्ननगरका पशु विकास अधिकृत शालिकराम पौडेल, जनहित शहकारीका प्रतिनिधि नरहरि पुरी, समुहका सल्लाहकार प्रकाशबाबू खनाल, समुहकी सचिव सुनिता बगाले वडा नं २ का वडा अध्यक्ष तिलक पौडेललगायतले शुभकामना मन्तव्य दिए ।
उक्त सुपथ पसलमा २० लाख रुपैयाको लगानी रहेको बताइएको छ भने २ जना कर्मचारीबाट सेवा प्रारम्भ गरिएको छ ।
- ADVERTISEMENT -
२० लाखमा महिलाहरूले खोले सामुहिक सुपथ पसल
July 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -