मकवानपुर / मकवानपुरमा एकैदिन ४ सय ३२ जना कोरोनाका संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसिआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ६६ र ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी भीमफेदी गाउँपालिका भित्रका रहेका छन् । त्यस्तै भीमफेदी स्थित भीमफेदी कारागार भित्रका ३ सय ५५ जना कैदी सहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिका भित्र बसोबास गर्दै आएका ५७ जना, मनहरी गाउँपालिका ६ जना, मकवानपुरगढीका भित्रका ३ जना, बकैया गाउँपालिकाका २ जना, थाहा नगरपालिकाको १ जना र राक्सिराङ गाउँपालिकाको १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
- ADVERTISEMENT -
मकवानपुरमा कोरोना संक्रमित बढ्दो, एकैदिन ४३२ जना
July 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -