काठमाडौं / कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका वडा नम्वर ७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका हुन् ।
नम्वर नखुलेको जीप चालकले ब्याक गर्ने क्रममा सडकबाट कर्णाली नदीमा खसेको हो ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता छन् ।
बेपत्ता भएका उनीहरुको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर रहेको थाहा भएको छ ।
नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
- ADVERTISEMENT -
कर्णाली नदीमा जीप खस्यो, दुई जना बेपत्ता
July 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -