January 24, 2025
- ADVERTISEMENT -

तेल ट्यांकरमा आक्रमण हुँदा दुईको मृत्यु

July 31, 2021
File Photo

एजेन्सी / ओमनमा दुई वटा तेल ट्यांकरमा आक्रमण हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बेलायती र अर्का एक रोमानियाली नागरिक रहेका छन् ।
उक्त घटनामा इरानको संलग्नता रहेका भन्दै इजरायलले निन्दा गरेको छ । बेलायतस्थित जोडिएक मेरिटाइमद्वारा सञ्चालित एमसी मर्सेर स्ट्रीट अरब सागरस्थित ओमनको तटमा उक्त घटना भएको थियो ।
सो घटनामा आतंकवादी हमला भएको इजरायलले दावी गरेपनि इरानले भने घटनामा आफ्नो संलग्नताबारे कुनै प्रतिक्रिया जनाएका छैन । यता बेलायतले उक्त घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ ।
अमेरिकी सेनाले पनि समुद्री सुरक्षामा चासो देखाउँदै घटनाको छानविन भइरहेको जनाएको छ । ती ट्यांकर उत्तरी हिन्द महासागरमा तान्जानियाबाट यात्रा गरिरहेको बताइएको छ ।
अधिकारीहरुले जहाजमा कुनै कार्गो नभएको दावी गरेका छन् । उनीहरुले यसअघि पनि इजरायल र इरानी स्वामित्वमा रहेका जहाजहरुमा आक्रमण हुने गरेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -