सिन्धुपाल्चोक / अविरल वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् । त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ । ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा छन्,’ उनले भने ।
हेलम्बु किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीय मेलम्ची नदीको सतह बढेको खबर स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबाट पाएपछि सुरक्षित स्थानमा सरेका थिए । ‘मेलम्ची बजारमा साइरनकै कारणले सबै सतर्क भए, मानवीय क्षति हुन पाएन,’ उनले भने । बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन ढालेको थियो ।
यसअघि गत असार १ मा पनि मेलम्चीमा बाढी आएको थियो । प्रहरीको तथ्यांकअनुरूप असार १ को बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन् ।
बर्खा रोकिए पनि बाढीले खोलाको सतह घटबढ भइरहेकाले स्थानीय अझै त्रस्त छन् । मेलम्ची सडकखण्डबाट हेलम्बु जोड्ने मोटरेबल पुल बाढीले हानेर थप क्षतिग्रस्त बनाएको छ । ‘यो पुल बगे अन्य स्थानीय तहसँग हेलम्बुको सम्पर्क पूरै टुट्ने डर छ,’ स्थानीय अर्जुन भण्डारीले भने । यो समाचार अनिश तिवारीले कान्तिपुरमा लेखेका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मेलम्चीमा पुनः बाढी, बगायो १२ घर र झोलुंगे पुल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











