January 21, 2025
- ADVERTISEMENT -

म्याद सकिएका १ करोड बढिको सामान, दुई जना पक्राउ

August 1, 2021

काठमाडौं / प्रहरीले म्याद सकिएका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् । अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौँ सानो भर्‍याङस्थित गोदाममा छापा मारेको थियो ।
गोदामबाट टोलीले एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ । बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि रहेका छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ । टोलीले गोदामलाई सील गरेको छ । -रिपोर्टर्स नेपालबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -