Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुर लागूऔषध ओसारपसारमा अन्य जिल्लाभन्दा चलायमान

प्रकाशित मिति : २०७८ श्रावण १८ गते

मकवानपुर / मकवानपुर जिल्ला लागुऔषध ओसारपसारमा अन्य जिल्लाभन्दा निकै चलायमान देखिन्छ । यो वर्षेनी हुँदै आईरहेको अपराधिक घटना हो। यस अपराधिक क्रियाकलापलाई कोरोनाले समेत रोकेन् । झन् निषेधाज्ञा बिच लागुऔषध ओसार पसारको निकै चलायमान भएको प्रहरीको तथ्याङले देखाउँछ।
त्यस्ता अपराधिक क्रियाकलापका व्यक्तिको पेशा नै त्यही भएका कारण जुनसुकै अवस्थामा पनि लागुऔषध कसरी लैजाने भन्नेमात्र सोच भएकाले यस्ता गतिविधि नरोकिएको प्रहरीले जनाउँदै आएका छन् । यातायातको सवालमा ठूला गाडीको हकमा काठमाडौं सामान बोकेर जाने, खाद्यान्न बोक्ने हुँदा प्रहरीले त्यति ध्यान दिदैनन् जस्तो सोचर पनि उनीहरुले लागुऔषध बोकेर हिँड्ने गरेका छन्। अचेल ठुला मालवाहक गाडीहरुमै लागुऔषधको ओसार पसारको बिगबिगी बढेको पाईन्छ ।
गत आर्थिक वर्ष २०७७–०७८ लागुऔषध अपराधको अवस्था बढ्दो देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७६–०७७ माभन्दा गत आर्थिक वर्ष २०७७–७८ मा मुद्धाको संख्या घटेता पनि लागुऔषधको संख्यामा भने वृद्धी भएको देखाएको छ । प्रदेशको १० जिल्लाको तथ्याङ्मा सबैभन्दा बढी अफिम ओसारपसारमा बढ्दो रुप लिएको छ ।
चार सय २७ प्रतिशतले बढेको तत्थ्याङ्कले देखाएको छ । जसमा ३ सय र ७ सय ग्रामबाट एक हजार ६ सय १८ ग्राम पुग्यो । त्यस्तै गाँजाको ओसारपसारमा समेत १० प्रतिशतले बढेको देखाएको छ। अघिल्लो आर्थिक वर्षमा दुईहजार दुईसय ८५ केजि बरामद गरिएको थियो भने, आर्थिक
वर्ष २०७७र०७८ मा त्यो परिमाण बढेर दुईहजार पाँचसय १४ पुगेको छ। लागुऔषध अपराधमा सबैभन्दा बढो ओसारपसार हुने अफिम र गाना नै प्रमुख हुन् । लागुऔषध बरामद बढी भएता पनि यता मुद्धाको संख्यामा भने कमी आएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा दुईसय ६९ थियो भने गत आर्थिक वर्षमा दुईसय ६० रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ।
यो वर्ष प्रदेशभर दुईसय ६० वटा लागुऔषध मुद्धा दर्ता भएको छ । जसमा मकवानपुरमा ९९, चितवनमा ९५, सिन्धुलीमा ३२, रामेछाप १, काभ्रे ८, सिन्धुपाल्चोकमा ५, नुवाकोट ५ र धादिङमा १५ वटा मुद्धा दर्ता भएको हो । जसमा मकवानपुरबाट १ सय ६० जना अभियुक्त पक्राउ परेका छन् भने, चितवनबाट एकसय ४२, सिन्धुलीबाट ५३, रामेछापबाट १, काभ्रेबाट ११, सिन्धुपाल्चोकबाट ७, नुवाकोटबाट १०, धादिङबाट २७ गरी १ सय ११ जना मानिस पक्राउ परेका थिए ।
मकवानपुरबाट १ हजार ५ सय ६२ किलो गाँजा बरामद गरिएको थियो भने चितवनबाट ६ सय २८, सिन्धुलीबाट १ सय पाँच, दोलखाबाट २०, काभ्रेबाट ५२, सिन्धुपाल्चोकबाट १ र धादिङबाट १ सय ४७ गरी २ हजार ५ सय १४ किलो लागुऔषध बरामद भएको थियो । ९६ ग्राम ब्राउन सुगर चितनबाट बरामद भएको थियो । २७ मकवानपुरबाट र सिन्धुलीबाट १ सय ११ गरी जम्मा २ सय ३४ केजी बरामद भएको हो।
यसैगरी लागु औषध चरेश मकवानपुरमा २४ किलो, चितवनमा २४ र धादिङबाट एकसय १० गरि १ सय ३५ केजी बरामद भएको थियो । मकवानपुरबाट मात्रै अफिम एकहजार छ सय १८ ग्राम बरामद गरिएको थियो । २०७६–७७ को तथ्याडमा पनि मकवानपुरनै आगाडि अघिल्लो आर्थिक वर्षमा समेत मकवानपुर नै अघि रहेको तथ्याङले पुष्टी गरेका छ । भारतीय नाकासंग नजिक भएको कारणले पनि मकवानपुरमा लागुऔषधको कारोबार अन्य जिल्लामा जस्तो कमी आउन नसकेको बागमती प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी गराए।
१० जिल्लाको लागुऔषधको अपराधमा मकवानपुर जिल्लानै अगाडि रहेको देखिएको छ । लागुऔषध मुद्धा दर्तामा एकसय २४ मकवानपुरमै भएको छ भने चितवनमा ८५, सिन्धुलीमा १३, दोलखामा दुई काभ्रेमा ९, नुवाकोटमा ७, धादिङमा २७ र रसुवामा दुई गरी २ सय ९६ वटा मुद्धा दर्ता भएका छन्। त्यस्तै अभियुक्त पक्राउको संख्यामा मकवानपुरमा १ सय ८३, चितवनमा १ सय २८, सिन्धुलीमा २९, दोलखामा २, काभ्रेमा १४, नुवाकोटमा १३, धादिङमा ३६ र रसुवा ३ गरी चारसय ८ अभियुक्त पक्राउ परेका छन् ।
मकवानपुरबाट १ हजार ५ सय ८५ किलो गाँजा बरामदमा गरिएको थियो। त्यस्तै चितवनबाट ५ सय ७८, सिन्धुलीमा ५५, दोलखामा ४, काभ्रेमा १८, नुवाकोटमा १, धादिङमा ४४ किलो गरी २ हजार २ सय ८५ किलो बरामद भएको प्रहरीको तथ्याङमा छ । बाउन सुगर चितवनमा तीन ग्राम, नुवाकोटमा दई ग्राम बरामद भएको हो। चितवनबाट पाँच किलो, मकवानपुरमा ४८ किलो, धादिङमा एकसय ४६, रसुवामा ३५ र गरी दुईसय ३४ किलो चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । मकवानपुरबाट मात्रै अफिम तीनसय सात ग्राम बरामद भएको थियो। यो समाचार आजको हेटौँडा सन्देश दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51