मकवानपुर / बागमती प्रदेशका साढे ८ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रदेशका १३ वटै जिल्लाका ८ लाख ७१ हजार ९४ जनाले विभिन्न प्रकारका कोरोनाविरुद्धको खोप (जोन्सोन एण्ड जोन्सन, कोभिसिल्ड र भेरोसेल) को पुरा डोज लगाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाइले जानकारी दिए ।
उनका अनुसार कोभिसिल्ड खोपको दुवै मात्रा लगाउनको संख्या १६ हजार ४ सय ९०, भेरोसेल खोपको दुवैमात्रा लगाउनेको संख्या ४ लाख ४६ हजार ७ सय ८८ र एक मात्रा मात्रै लगाए पुग्ने जोन्सोन एण्ड जोन्सन खोप लगाउनेको संख्या २ लाख ६३ हजार ८ सय १६ जना रहेको छ ।
कोभिसिल्ड खोप लगाएकाहरुमध्ये ४० दशमलव ४८ प्रतिशतले मात्रै दोस्रो मात्रा लगाएको र बाँकीले ५९ दशमलव ५२ प्रतिशत खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्याङ्क छ ।
त्यसैगरी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाउनेमध्ये ४१ दशमलव ५९ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् भने बाँकीलाई खोप लगाउने कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता डा.सेढाईले बताए ।
उनका अनुसार बागमती प्रदेशका १० लाख ५६ हजार ३ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।
- ADVERTISEMENT -

बागमती प्रदेशमा साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
August 2, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
