मकवानपुर / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडामा नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विरुद्ध प्रदर्शन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन तथा कोण सभा गरेको हो ।
उनीहरुले दार्चुलाका जय सिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काट्दा ज्यान गुमाउन परेको र सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन भएको हो । उनिहरुले ‘जय सिंह धामीलाई न्याय दे,जय सिंह धामीलाई शहिद घोषणा गर,भारतीय सिमा सुरक्षा बल मुर्दावाद,भारतीय साम्राज्वाद मसर्दावाद,भारतीय राज्य मुर्दावाद,जनताको सुरक्षाको ग्यारेन्टी गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
वन विज्ञान संस्थान हेटौँडाको प्राङ्गणबाट सुरु भएको विशाल र्याली सीमाचोक हुँदै बुद्धचोकमा आई विरोध सभामा परिणत भएको हो। भारतीय सुरक्षा बलको उक्त दादागिरी पूर्ण कर्तुत विरुद्ध विप्लव नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडामा विरोध प्रदर्शन कार्यक्रम गरेको हो।
कार्यक्रमको सम्बोधन गर्दै विप्लव नेकपा मकवानपुरका सेक्रेटरी वाटरले उक्त घटनाको न्यायोचित छानविन गरी पीडित पक्षलाई न्याय दिनुका साथै ज्यान गुमाएका जयसिंह धामीलाई सहिद घोषणा गर्न र पीडक पक्ष अपराधीलाई कडा कारबाही गर्न सरकार समक्ष दमदार माग गरेका छन्। यदि उक्त मागको समयमै उचित सम्बोधन नगरे आम नागरिक र राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त सडक संघर्षलाई अझ सशक्त ढंगले अघि सार्ने उद्घोष पनि गरेका छन्।
त्यस्तै कार्यक्रममा विप्लव नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जयसिंह धामीको अमानवीय हत्याको घोरनिन्दा सहित भर्त्सना गरेका छन्। आफ्नो देशको नागरिक जयसिंह धामीले आफ्नै आगनमा विदेशीको हातबाट ज्यान गुमाइरहँदा पनि नेपाल सरकार नतमस्तक भएर बसिरहेको विषय प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। अब नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गर्नुका साथै आम नेपाली जनता र स्वाधीन राष्ट्रको स्वतन्त्रता बचाइराख्न आवश्यक कदम चाल्नुपर्ने र विदेशीको इसारामा नाच्न बन्द गर्नुपर्ने पनि बताए।
उक्र कार्यक्रम विप्लव नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य नयनको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी वाटरको आतिथ्यतामा सम्पन्न भएको हो ।
- ADVERTISEMENT -
देउवा सरकारविरुद्ध ‘विप्लव’को हेटौँडामा प्रर्दशन
August 3, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -