काठमाडौं / मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो ।
अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ। मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ।
त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो। यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए। मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त मेलम्ची नदीमा बारम्बार अकल्पनीय बाढीपहिरो आउने क्रम नरोकिएकाले आयोजनाको लगानी जोखिमा पर्ने हो कि भन्ने आंशका उब्जिएको बताउँछन्।
‘मेलम्ची खानेपानी आयोजनामा राज्यको ठूलो धनराशि र समय खर्च भएको छ,’ उनले भने, ‘मेलम्ची आयोजनामा बाढीपहिरोले पारेको प्रभावबारे विस्तुत अध्ययन नगरेसम्म क्षतिबारे अनुमान गर्न पनि कठिन छ।’ समितिको प्रवक्तासमेत रहेका पन्त आयोजनाको मुख्य हेडवक्र्ससहितको पूर्वाधारमा अहिलेसम्म ठूलो क्षति नभएको बताउँछन् ।
‘अहिले प्रारम्भिक रूपमा मेलम्ची आयोजनाको जलाधार क्षेत्र र पहुँचमार्गमा ठूलो क्षति भएको देखिन्छ,’ उनले भने, ‘जलाधार क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन अनुसन्धान नगर्दासम्म भन्न सकिने अवस्था छैन। तर पनि बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेरै भए पनि मेलम्चीको पानी ल्याउनेछौं।’ निर्देशक श्रेष्ठले पनि ढिलोचाँडो मेलम्चीको पानी काठमाडौं आउने बताए ।
‘जलाधार क्षेत्रमा भएको क्षतिले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने कार्य प्रत्यक्ष प्रभावित भएको छ,’ उनले भने, ‘मेलम्चीको पानी आउन केही समय लाग्ला तर निर्माण गरिएको पूर्वाधार कामै नलाग्ने भन्ने हुँदैन। राष्ट्रिय गौरवको आयोजना भएकाले पनि सरकारले प्राथमिकताका साथ निर्माण कार्य अघि बढाउनेछ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -
बाढीपहिरोका कारण जोखिममा मेलम्चीको ५१ अर्ब लगानी
August 3, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -