मकवानपुर / मकवानपुरमा आज ९३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ९३ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । हेटौँडामा आज ६० जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, संक्रमणमुक्त हुनेहरुमा थाहा नगरपालिकाका ७ जना, मकवानपुरगढी र राक्सिराङ गाउँपािलकाका एक÷एक जना, कैलाश गाउँपािलकाका ३ जना, मनहरी गाउँपालिकाका ११ जना, ईन्द्रसरोबर गाउँपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका ४ जना रहेका छन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ३ सय ४४ जना पुगेको स्वास्थय कार्यालयले जनाएको छ ।
यस्तै, आज जिल्लामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४९५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । आजको कोरोना संक्रमित दर १७ प्रतिशत रहेको छ।
यसैगरी जिल्लामा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४५ जना पुगेको छ । पछिल्लो २२ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४५ जना पुगेको हो ।
August 3, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -