काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने भएको हो ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
उक्त बैठकमा राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । ओलीले माधव पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् ।
यसअघि बुधबार बोलाएको नेपाल पक्षका केन्द्रीय कमिटी बैठक अन्य केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर रहेका कारण स्थगित भएको थियो ।
- ADVERTISEMENT -
माधव नेपाल पक्षका केन्द्रीय कमिटी बैठक आज
August 5, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -